मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पतायामा के गर्दैछन् हमाल ?

फिल्मीखबर, काठमाडौं, 2016/07/17

फुर्सदमा रहेका अभिनेता राजेश हमाल पत्नी मधुका साथ थाईलेन्डमा देखिएका छन् । सामाजिक सन्जाल फेसबुकमा हमालले पत्नी मधुका साथ बैंकक पतायाका तस्बिरहरु सार्वजनिक गरेका छन् । तस्बिरमा हमाल दम्पत्तिलाई होलिडे मुडमा देख्न सकिन्छ ।



कुनै समय १८ घन्टासम्म सुटिङ गर्ने हमालका हातमा अहिले ‘शकुन्तला’ मात्र छ । फिल्म भदौ ९ मा रिलिज हुँदैछ । त्यसबाहेक हमालले नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छैन । तर हमाललाई साँस्कृतिक कार्यक्रममा निम्ता आइरहने हुँदा देश विदेश घुमिरहन्छन् ।

 

पतायाको यो भ्रमण पारिवारिक मात्र हो कि साँस्कृतिक पनि हो त्यो चाहिँ उनले थप फोटो हालेपछि मात्र स्पष्ट होला । तर केही दिन अघि श्रीमति मधुसँग खटपट भएको खबर बाहिरिएको सन्दर्भमा हमाल दम्पत्तिको यो तस्बिरले भने उनीहरुको सम्बन्ध हार्दिक नै रहेको सन्देश दिन्छ ।