मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमान र सन्नी धेरै खोजिने

एजेन्सी, मुम्बई, 2016/07/17

‘सुल्तान’ स्टार सलमान खान र पोर्न स्टार सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएका छन् । गुगलले हालै मात्र सर्वाधिक खोजिने ५ अभिनेता, अभिनेत्री,गायक तथा फिल्मको सूची सार्वजनिक गरेको हो ।


सर्वाधिक खोजिने सूचीमा शाहरुख दोस्रो नम्बरमा परेका छन् । त्यसपछि पालैसँग अक्षय कुमार, अमिताभ बच्चन र रजनीकान्त रहेका छन् । त्यस्तै अभिनेत्रीतर्फ सन्नीसँगै कैटरिना कैफ, करिना कपुर, काजल अग्रवाल र दीपिका पादुकोण रहेका छन् ।



यता सवै भन्दा बढी खोजिने चलचित्रमा भने पिके रहेको छ । त्यस्तै बाहुबली, आशिकी –२, धुम –३, र किक पनि सर्वाधिक  खोेजिने चलचित्रमा परेका छन् । सर्वाधिक खोजी गरिने निर्देशकमा भने प्रभु देवा रहेका छन् । त्यस्तै सर्वाधिक खोजिने क्लासिक कलाकारमा भने रेखाले सबैलाई उछिनेकी छिन् ।  गायकतर्फ भने ¥यापर हनी सिंहले सबैलाई उछिनेका  छन् ।