साउन ७ गते शुक्रबारबाट देशैभर एकसाथ रिलिज हुन लागेको फिल्म `म त तिम्रै हुँ` मार्फत नयाँ अनुहारहरु आफ्नो पहिचान नेपाली फिल्म क्षेत्रमा बनाउने प्रयासमा छन् । आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्श्ना योगी, अनुपम श्रेष्ठ लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिन पर्दामा देखिंदै छन् ।
अनमोल कृयशनको व्यानरमा बनेको यस फिल्मका मुख्य पात्र मध्येका एक आकास भन्छन्, 'फिल्मको रिलिज डेट नजिकिए सङ्गै दिलको धड्कन तेज हुँदै गएको छ ।' अर्का मुख्य पात्र जीवनको भनाई पनि यस्तै छ । धेरै मेहनत गरेकाले फिल्म पनि राम्रो बनेको भन्दै दर्शकले रूचाउने दाबी गर्छन् उनी ।
त्यस्तै नव अभिनेत्री ज्योत्श्ना भन्छिन्, 'थोरै डर थोरै उत्साहको साथमा साउन ७ गतेको प्रतिक्षामा छु ।' आफू केटाहरुप्रति नै आकर्षित हुने बताउने अनुपम श्रेष्ठ 'हट्टी नट्टी'को भनाई छ, 'मेरो अदाले नै फिल्म क्षेत्रमा आगो लगाउने छ ।'

