Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चेतनलाई कामको खाँचो

फिल्मीखबर, काठमाण्डौ, 2016/07/12

संगीतकार चेतन सापकोटाले आफू काम विहिन भएको बताएका छन् । मंगलबार भएको एक कार्यक्रममा उनले आफूलाई कुनै पनि निर्माताले संगीतका लागि नपत्याएको गुनासो गरे ।
‘म अरु जस्तो झुटा बोल्दिन । मसँग संगीत गर्नलाई एउटा पनि फिल्म छैनन् । कसैले काम दिए आभारी हुने थिएँ,’ कार्यक्रममा चेतनले दुखेसो गरे ।


उनले आफू अभागी संगीतकार भएको पनि बताए । ‘आफूले राम्रो संगीत गरेका फिल्म कि त फ्लप हुन्छन् कि त बल्ल बल्ल रिलिज हुन्छन् । अभागीको अभागी नै रहने भएँ । निर्माता भएको त्यसबाट पनि एक पैसा हात परेन’ चेतनले भने ।


चेतनले निर्माण गरेको फिल्म ‘भाग सानी भाग’ फ्लप भएको थियो । उनले फिल्म निर्माण गरेर गल्ती गरेको पनि बताए । चेतनले भने, ‘यो त अरुलाई पोस्ने काम रहेछ । बक्स अफिस नबनेसम्म फिल्म बनाउँदिन । बनाउने खोज्नेलाई पनि यही सल्लाह दिन्छु ।’

Most Visited News (monthly)