Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेत्री सिर्जना बस्नेत किन बनिन् निर्देशक ? (भिडियो अन्तर्वार्ता)

फिल्मीखबर, काठमाडौं, 2016/07/12

तीन वर्ष अघि नै निर्माण सम्पन्न भएको फिल्म ‘गुडलक’ले बल्ल प्रदर्शन मिति जुराएको छ । मंगलबार नयाँ बानेश्वरमा औपचारिक कार्यक्रम गर्दै फिल्म युनिटले रिलिज मिति सार्वजनिक गर्यो । सोही समयमा फिल्मको नयाँ प्रोमो र गीत सार्वजनिक गरिएको थियो ।


‘गुडलक’ ‘देउता’ डेब्यु अभिनेत्री सिर्जना बस्नेतको अभिनय तथा निर्माण रहेको फिल्म हो । फिल्ममा निर्देशनको जिम्मेवारी पनि सिर्जना स्वयंले निर्वाह गरेकी छिन् । ‘पहिले तय भएको निर्देशकले नभ्याउने भएपछि साथीहरुको आग्रहमा आफैं निर्देशन गरेकी हुँ । तर वितरकसँगको असमझदारीका कारण फिल्म बेलामा रिलिज गर्न सकिएन,’ सिर्जनाले भनिन् । उनले वितरक समेत रहेका अभिनेता कल्याण घिमिरेले झुलाएका कारण फिल्म ढिला रिलिज गर्नु परेको आरोप लगाइन् ।


एक युवतीको यात्राको कथा रहेको फिल्ममा हाँस्य र रोमान्सको मिश्रण रहेको उनले कार्यक्रममा बताइन् ।   चलचित्र ‘गुड लक’मा नवराज श्रेष्ठ, सिर्जना बस्नेत, रश्मी भट्ट र कल्याण घिमिरे जोसना फुयाल, रबिन्द्र खड्का, अमित श्रेष्ठ आदिको अभिनय रहेको छ ।  सिनेमामा संगीत चेतन सापकोटाले भरेका छन् भने  कविराज गहतराज र शंकर विसीले गीतमा नृत्य निर्देशन गरेका छन् ।  फिल्ममा मुस्कान ढकालले क्रिएटिभ निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन् ।

 

Most Visited News (monthly)