Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाल भारत दुवै बक्स अफिसमा ‘सुल्तान’ राज

फिल्मीखबर, काठमाडौं, 2016/07/11

नेपाल भारत दुवै देशमा सलमान अभिनित फिल्म ‘सुल्तान’ले रेकर्डब्रेक कमाई गरेको छ । प्रदर्शनको पाँचौ दिन नेपालबाट मात्र फिल्मले दिनको एक करोडका दरले ५ करोड ग्रस गरेको छ  भने भारतमा फिल्म ५ दिनमा १८० करोड कमाई गरेको छ ।


५ दिनमा सलमानको फिल्मको यो कमाईलाई कीर्तिमानी मानिएको छ । फिल्म नेपाल भारत दुवैतिर बुधबार नै रिलिज भएको थियो । फिल्मलाई मल्टिप्लेक्सले अत्यधिक सो दिएका थिए भने यही फिल्मका कारण नेपाली फिल्म तीन घुम्ती हप्ताभर प्रदर्शन हुन नपाउँदै हलबाट बाहिरिएको थियो ।


फिल्मले भारतमा पनि हरेक दिन ३० करोड भन्दा ज्यादा कमाई गरेको छ । फिल्मले विदेशबाट मात्र ९० करोड कमाई गरेको छ जसलाई भारतको आम्दानीमा जोडिएको छैन । यस हिसाबले फिल्मल ५ दिनमै विश्वव्यापी कलेक्सनमा तीन सय करोड कमाईसकको देखिन्छ । फिल्मको कुल लागत ९० करोड रहेको थियो ।

 

सुल्तानसँगै सय करोड क्लबमा सलमानको संख्या १० पुगेको छ । शाहरुखको सयकरोड क्लबमा पुग्ने फिल्मको संख्या ६ पुगेको छ । जुन सलमान पछि दोस्रो हो । अजय देवगण र अक्षय कुमारका ५ वटा फिल्मले सय करोड कमाएका छन् ।

Most Visited News (monthly)