Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनय र एनी जीवनसाथी

फिल्मीखबर, काठमाडौं, 2016/07/11

रेसम फिलिलि अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । सोमबार तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनी थापाको सिउँदोमा सिन्दुर भरे । विनय र एनीले तीन वर्ष यताको प्रेम सम्बन्धलाई लगनगाँठो कसेर मजबुत बनाएका हुन् । सो अघि भने विनय ऋचा शर्मासँगको प्रेम सम्बन्धमा रहेका थिए ।

 

दुवैको निर्माण रहेको फिल्म ‘भिजा गल’ बक्स अफिसमा असफल भएसँगै उनीहरुको प्रेम सम्बन्ध पनि असफल भएको थियो । त्यसयता ऋचाको नाम निश्चल बस्नेत र गौरव पहारीसँग जोडिँदै आएको थियो । एनी पेशाले ब्युटी थेरापिष्ट हुन् । दुवैले एक वर्ष अगाडि नै टीकाटालो गरेका थिए । विनय ‘रेसम फिलिली’ पछि ‘एक पल’ शीर्षकका फिल्म निर्माणको क्रममा छन् ।

Most Visited News (monthly)