नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ सुटुक्क हङकङ पुगेका छन् । आइतबार हङकङमा भएको सोका लागि दुवै हङकङ पुगेका हुन् । शनिबार उनीहरु सँगै उडेका थिए । पर्दामा झैं पर्दा बाहिर पनि आर्यन नम्रताको मित्रता उल्लेख्य मानिन्छ ।
नायक आर्यन सिग्देलले नम्रतालाई नम्रता नभनी ’नमी’ भन्ने उपनामले बोलाउने गर्दछिन् भने त्यसैगरी नायिका नम्रताले आर्यनलाई आर्यन नभनी ’एलियन’ को उपनामले बोलाउने गर्छिन् । हाल अहिले यिनीहरुको जोडी मात्र चर्चित मात्र नभएर दुईले एक अर्कालाई दिएको उपनाम पनी त्यत्तिकै चर्चित बनेको छ । यी दुइले ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, होमेवर्क जस्ता सफल चलचित्र दिइसकेका छन् ।
भर्खरै सम्पन्न भएको फान अवार्डमा दुवैले सर्बोकृष्ट नायक र नायिकाको अवार्ड समेत हात पारेका थिए । खुशी गुरुङ र सन्तोष गुरुङले जुलाई १० तारिखमा आयोजना गरेको चलचित्र ‘क्लासिक’ को विशेष शोमा सहभागी हुन यो जोडी हङकङ पुगेको हो । कार्यक्रम सकिएको एक हप्ता पछि मात्र यो जोडी नेपाल फर्कने छ ।

