धनगढीस्थित चन्दन टाकिजले अनधिकृत रुपमा फिल्म प्रदर्शन गरेको भन्दै चलचित्र विकास बोर्डको आग्रहमा , जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले छापा मारेका छन् । रिलिजका लागि सेन्सर नै नभएको ‘ग्रेट ग्रान्ड मस्ती’ प्रदर्शन गरिरहेको उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा सो हल नविकरण नै नभएको पाइएको बोर्डका अधिकृत चिरञ्जिवी गुरागाईंले बताए ।
अझ हलले यही जुलाईको २२ तारिखमा रिलिज हुने फिल्म ‘ग्रेट ग्रान्ड मस्ती’ नेटबाट डाउनलोड गरि देखाइरहेको थियो । प्रहरीले हलमा छापा मारी सर्भर कब्जामा लिएको गुरागाईंले बताए । उनले कानुनमा उल्लेख भए अनुसार हलमाथि कारवाही गरिने पनि जानकारी गराए ।

