अहिलेकी व्यस्त अनि सुन्दर अभिनय गर्ने अभिनेत्री केकी अधिकारी हाल 'जोसेफ' फिल्मको सुटिङमा व्यस्त छिन् । धर्म परिवर्तनबाट परिवारमा हुने मनमुटावको कथा बोकेको यस फिल्ममा केकी केन्द्रिय भूमिकामा रहनेछिन् ।
म्युजिक भिडियोबाट फिल्म नगरीमा प्रवेश गरेकी अभिनेत्री केकी अहिले नेपाली फिल्म क्षेत्रमा सबैको मन र मष्तिस्कमा बस्न सफल कलाकार हुन् । बिगतका केही फिल्महरुबाट व्यवसायिक सफलता दिन नसकेकी केकी आउँदो फिल्मबाट दर्शकको मन बुझाउदै राम्रो काम गरेर दर्शकको मन जित्दै जाने बताउँछिन् ।
पढाईमा अब्बल मानिने केकीले कथा छान्न नसकेर पनि आफूले सोचे जस्तो सफलता नपाएको स्विकार्छिन् । छिट्टो मन दुखेर रूने आफ्नो नराम्रो बानि भएको बताउने केकीले अभिनेता अर्पण थापासँग काम गर्न इच्छा ब्यक्त गरेकी छिन् । निर शाह मनपर्ने निर्देशक रहेको खुलाएकी केकीले अरू के-के भनिन् त ? उनीसँग गरिएको अर्न्तवार्ता हेर्नुहोस् ।

