सुस्मिताको निर्माणमा बनेको चलिचत्र ‘म त तिम्रै हुँ’ साउन ७ गतेबाट रिलिज हुँदैछ । अनमोल केसी निर्माता रहेको चलचित्र ‘म त तिम्रै हुँ’ बाट नयाँ अनुहार आकाश श्रेष्ठ र ज्योत्सना योगीको आगमन हुँदैछ । नयाँ अनुहारमाथि धेरैले अविश्वास गरिरहँदा निर्मात्री सुस्मिता केसीले आफूले ल्याएका कलाकारमाथि भरोसा व्यक्त गरेकी छिन् ।
‘पहिलो फिल्म खेल्दा हर कोही नयाँ हुन्छ । हामी सबै यो खाले अनुमानबाट गुज्रेर यहाँसम्म आएका हौं । मलाई विश्वास उनीहरु दर्शकको अपेक्षामा खरो उत्रनेछन्,’ केसील भनिन् ।
बिभिन्न हिट चलचित्र दिसकेकी नायिका तथा निर्मात्री सुस्मिता केसी अहिले ‘म त तिम्रै हुँ’ को प्रचार प्रसार मा ब्यस्त छिन् । उनलाई अहिले चलचित्र को प्रचार प्रसार को लागी बिभिन्न टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरुमा इन्टरभ्युको लागि भ्याई नभ्याई छ ।
यूवापुस्तालाई ध्यानमा राखेर बनाएको यस चलचित्र का दुई नया कलाकार आकाश श्रेष्ठ र ज्योत्सना योगीले दर्शकहरुको मन जित्न सक्ने कुरामा आफू पुर्ण बिश्वस्त रहेको बताउँदै आएकी छिन् । कलेज पढ्ने युवायुवतीको कथामा बनेको यो चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । भुवन केसीले निर्देशनमा डेब्यु गरे लगत्तै सुष्मिताले निर्माण गरेको यो फिल्मलाई फिल्म वृत्तमा चासोका साथ हेरिएको छ ।

