Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लव कपल’ले खोले क्लब

फिल्मीखबर, काठमाडौं, 2016/07/10

आयुष्मान देसराज श्रेष्ठ र परामित राणा ‘चपली हाइट २’ नयाँ अनुहार हुन् । फिल्म भित्र उनीहरु जोडीको रुपमा देखिन्छन् । तर पर्दा बाहिर पनि दुवै ‘लव कपल’ हुन् अर्थात् असली जोडी हुन् । फिल्म रिलिज नजिकिँदै गर्दा यो जोडी सार्वजनिक कार्यक्रममा बाक्लै देखिन थालेको छ ।

 

शनिबार पनि यो जोडी  दरमार्गमा खुलेको नयाँ नाइट क्लबको उद्घाटन गरेको थियो । उद्घाटनमा दुवैलाई  निर्माता माधव वाग्ले, निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन कुमार, निर्देशक सुब्रत आचार्य, कलाकार गजित विष्ट, परामिता राणा, नवीन लम्साल, साइब्रत आचार्य लगायतले केक काटेर साथ दिएका थिए ।


कान्छा निर्देशक सौगात विष्टले सबै सहरबासीलाई क्लबमा गएर नाच्न अनुरोध गरेका छन् । नृत्य स्वास्थ्यका लागि हितकर भएकाले नाच्नु ठिक रहेको उनको भनाइ थियो । निर्देशक एवं सञ्चारकर्मी सुब्रत आचार्यले राजधानीबासीको व्यस्त र तनावपूर्ण जीवनशैलीलाई क्लबले राहत दिने विश्वास व्यक्त गरे । अभिनेता आयुष्मान देशराज क्लब उड्ल्यान्डमा उपलब्ध सुविधाहरुको प्रशंसा गर्न पछि परेनन् । युक्त भएको बताए ।

 

उनले क्लबले रात्री जीवनलाई सुखद र मनोरञ्जन प्रधान तुल्याउँदै बताउँदै क्लब उड्ल्याण्डले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्माता अर्जुन कुमारले आफ्नो फिल्म चपली हाईट–२ मा पनि क्लब प्रेमीहरुको कथा समेटिएको छ भने । निर्देशक दीपेन्द्र के खनालले आफ्नो चलचित्र ३ भदौबाट प्रदर्शनमा आउने बताउँदै क्लब उड्ल्याण्डले क्लब संस्कृतिको विकाशसमा सघाउँदै दर्शकको मन जित्ने छ भने ।


क्लब उड्ल्याण्डका अध्यक्ष प्रेम श्रेष्ठले दरबारमार्ग क्लब हब बन्दै गएको बताए । नृत्यले स्वास्थ्यका लागि फाईदा पु¥याउने र मनोरञ्जन दिने बताउँदै क्लबप्रेमीहरुलाई मध्यनजर राखेर दरबारमार्गमा यो क्लब सुरु गरेको जानकारी गराए ।  क्लबका सञ्चालक सुनिल कुँवरले क्यलब उड्ल्याण्डमा अत्याधुनिक लाईट र साउड सिस्टम र ख्यातीप्राप्त डिजेहरुले सेवा रहेको बताए । ।

 

सेलिब्रेटीहरुलाई अतिथिका रुपमा निम्ता गरेर साप्ताहिक रुपमा विभिन्न प्रत्यक्ष कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी गराए ।  नाई नभन्नु ल–४ का अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले पनि क्लबको प्रशंसा गरे । उद्घाटन पछि चलचित्रकर्मी, मोडल तथा क्वब प्रेमीहरुले मन खोलेर डान्स गरेका थिए ।

Most Visited News (monthly)