कलाकार र स्वास्थकर्मी मिलेर ललितपुरको लगनखेलस्थित सञ्चय कोष भवनमा सञ्चालनमा आएको पाटन प्याथ ल्याब प्रालिको शुभारम्भ गरेका छन् । हालसम्मकै अत्याधुुनिक प्रविधी र मेशिनसहित सञ्चालनमा ल्याइएको ल्याबको हास्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला, ल्याबका सञ्चालक रेशम भट्टराई, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशचन्द्र न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
कला, संगीत, सञ्चार, सुरक्षा, चिकीत्सालगायत विभिन्न क्षेत्रका व्यक्तिहरुका बिच शुभारम्भ गरिएको ल्याबबारे प्रकाश पार्दै ल्याबका सञ्चालनक भट्टराईले आप्mनो
ल्याबमा हालसम्म नेपालमै नभएको अत्याधुनिक प्रविधी र मेशिनको प्रयोगबाट विशेषगरी मधुमेह र थाइराइडको रक्त परिक्षण गरिने तथा नेपालमा उपलब्ध नभएका कतिपय रक्त परिक्षण अब आप्mनो ल्याबमा हुने जानकारी गराए ।
त्यसै गरी हास्य कलकार दीपकराजले सो ल्याबका शुभारम्भ भएसँगै स्तरिय र विश्वनिय रक्त परिक्षबाट स्वस्थ रहन तथा उपचार गर्न सहयोग पुग्ने बताए । त्यसै गरी पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले यसअघि भट्टराईले सञ्चालन गरेको ल्याबबाट आफुले सेवा लिइरहेको खुलाउँदै यो नयाँ अत्याधुनिक ल्याबबाट थप सेवा लिन सकिने बताए । ल्याबको शुभारम्भ समारोहलाई फिल्मी रुप दिँदै अर्का हास्य अभिनेता आरपी भट्टराईले एक्सन कट गरेका थिए ।

