अभिनेता सविन श्रेष्ठ अहिलेका व्यस्त कलाकार हुन् । तर, उनको चर्चा भने काम अनुसारको भने देखिएको पाईंदैन । एकपछि अर्को फिल्ममा काम गर्दै आईरहेका तर हिट हुन नसकेका सविन अब भने आफैले फिल्म निर्माण गरेर हिट हुने दाउमा छन् ।
सविनले फिल्म 'हिरो रिटर्न्स' नामक फिल्म निर्माण गर्न लागेका सविनाले आफ्नो अपोजिटमा रेखा थापा देखिने छिन् । सहदेव गौतम र चन्द्र गौतमको लगानी रहने फिल्मलाई आशिष भेटवालले निर्देशन गर्दैछन् । फिल्ममा रेखा र सविनसँगै सरोज खनाल, 'पर्खिराख है' का अभिनेता दील श्रेष्ठ पर्दामा देखिने भएका छन् ।
रेखा फिल्मसबाट जन्मेका सविन भोलीका दिनमा पनि रेखा थापासँगै काम गर्ने इच्छा ब्यक्त गरेका सबिन श्रेष्ठको प्रेम भने अभिनेत्री अनु शाहसँग भएको हल्ला चलिरहेको छ । सविनाले भने आफूहरू साथी मात्र भएको दाबी गरे ।
हाल सिंगल भएको र अझै २-४ बर्ष सिंगल नै रहिरहने बताउने सविनले फिल्मीखबरसँगको भिडियो कुराकानीमा आफ्ना बारेमा रोचक कुराहरु सार्वजनिक गरेका छन् । हेर्नुस् भिडियो अर्न्तवार्ता -

