Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गिराञ्चौर एकिकृत नमुनाबस्तीलाई ४ करोड २२ लाख

फिल्मीखबर, काठमाण्डौ, 2016/07/09
सिन्धुपाल्चोक जिल्लाको गिराञ्चौरमा सिताराम कट्टेल"धुर्मुस" र कुञ्जना घिमिरे"सुन्तली"को पहलमा निर्माण हुँदै गरेको गिराञ्चौर एकिकृत नमुनाबस्तीको निर्माण कार्य धमाधम शुरु भईराखेको छ ।
 
 
 
गिराञ्चौर एकिकृत बस्ती निर्माणका संयोजक अर्जुन न्यौपानेले दिएको जानकारी अनुसार अहिले त्यहाँ जग हाल्ने काम शुरु भईराखेको छ। असार महिना झरिको कारणले सोचे जती छिटो काम शुचारु नभएपनि पानी नपरेको अवस्थामा कामलाई जति सक्दो छिटो सक्ने प्रयासमा आफुहरु लागेको संयोजक न्यौपानेले बताएका ।
 
गिराञ्चौर एकिकृत बस्ती निर्माणका लागी अहिले बिभिन्न ठाउँहरुबाट सहयोग जुटिराखेको छ । हालसम्म ४ करोड २२ लाख रूपैंया सहयोग संकलन भएको संयोजक न्यौपानेले जानकारी दिए । उनले अझै सहयोग आउने क्रम जारी रहेको बताउँदै लगानी धेरै लाग्ने भएकाले अझै सहयोगको अपेक्षा राखेको बताए ।  
 
गिराञ्चौर एकिकृत बस्ती निर्माण सहयोगार्थ कतारमा हुन गइरहेको सुन्तली धुर्मुस साँझका लागि सिताराम कट्टेल र कुञ्जना घिमिरे सहितका टोलीहरु त्यहाँ पुगेका छन् ।

Most Visited News (monthly)