Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

गिनिजबुकमा नाम लेखाउनु पागल कुरा थिएनः सौगात बिष्ट (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/08
विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल 'लभ यू बाबा' निर्देशक सौगात बिष्ट दोश्रो प्रोजेक्टको तयारीमा छन् । शुक्रबार मात्रै राजधानीमा एक कार्यक्रम गर्दै उनको दोश्रो फिल्म 'हैरान'को औपचारिक निर्माण घोषणा गरियो । 
 
 
कार्यक्रममा हँसिलो मुहारमा देखिएका सौगातले फिल्मीखबरसँग कुरा गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने पागल कुरा नभएको भन्दै आफ्नो काम हेरेर र विश्वास गरेर अनि कामको मुल्यांकन गर्दै गिनिज टिमले उपाधि दिएको बोले । 
 
पीता अभिनेता गजित विष्टले काम गरेको तर छोराको नाम निर्देशकमा लेखेको भन्ने हल्ला विरुद्ध कडा देखिएका सौगातले 'लभ यु बाबा'लाई साथ दिने तथा मन पराउने सबैलाई धन्यबाद भने अनि उक्त फिल्म भन्दा पनि उत्कृष्ट फिल्म 'हैरान' बन्ने दाबी गरे । 
 
दुई तीन बर्षको अन्तरालमा निर्देशनमा आउने आफ्नो अठोट अनुसार नै 'हैरान' निर्देशनमा लागेको भन्दै निर्देशकिय कामले पढाईलाई असर नगर्ने गरी अघि बढेको बताए ।  उनले आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानीको कथा नै फिल्मको मुख्य विषयवस्तु रहेको बोले ।