'दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे तपाईं सबै एकसाथ सहयात्रामा हिँडेको मान्छे, 'छक्का पञ्जा' फिल्ममा आफ्नै सहकर्मीले 'एक्शन कट' भन्दा कस्तो अनुभुती भयो', फिल्मीखबरको प्रश्नमा हाँस्तै हाँस्य कलाकार जितु नेपाल गुञ्जिए, 'दिपा दिदिलाई डायरेक्टर जस्तै लागेन ।'
फिल्मीखबरसँगको भिडियो संवादमा बोल्दै जितुले 'छक्का पञ्जा'बाट डेब्यू निर्देशनमा हात हालेकी दिपाश्रीको कामको तारिफ पनि गरे, तर सँगसँगै अघि बढेको टोलीकै एक सदस्य निर्देशक बन्दा भने अन्य निर्देशकसँगको काम भन्दा निकै सजिलो लागेको प्रतिक्रिया दिए ।
पछिल्लो फिल्म 'वडा नम्बर छ'बाट सह अभिनेताको अवार्ड जितेका जितुले दिपाश्री निर्देशक रहेपनि आफुहरु सबै सहायक निर्देशनमा रहेको भन्दै 'छक्का पञ्चा' उत्कृष्ट फिल्म बनेको दाबी गरे ।
जितुले 'छ एकान छ' देखि 'वडा नम्बर छ' र 'छक्का पञ्जा' तीन फिल्मकै निर्माण टिमले यसपछि बनाउने संभावित प्रोजेक्टमा आफु नै निर्देशक रहन सक्ने संकेत गरे । तयारी भईरहेको भन्दै ठुलोपर्दाको फिल्म निर्देशनमा छिट्टै आउने उनको भनाई थियो।

