Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमै बन्यो आवाजबाट बिजुली निकाल्ने मेसिन !

फिल्मीखबर, काठमाडौं, 2016/07/08
के आवाजबाट पनि बिजुली निस्कन्छ ? हो, आवाजबाट पनि बिजुली निस्कन्छ तर फिल्ममा । यस्तै आवाजबाट बिजुली निकाल्ने दुई विज्ञानका विद्यार्थीको प्रयासलाई लिएर नेपाली फिल्म निर्माण भएको छ, ‘बिजुली मेसिन’ ।
 
 
प्लस टु पढ्ने दुई विद्यार्थीको आवाजबाट बिजुली निकाल्ने प्रयासलाई ‘बिजुली मेसिन’ नाम दिएर नविन अवालले फिल्म निर्देशन गरेका हुन् । फिल्मबारे निर्देशक भन्छन्, ‘बिजुली मेसिन विज्ञान पढ्ने विद्यार्थीको कथा मात्रै होइन । यो त देशलाई केही नयाँ दिउँ भन्ने सम्पूर्ण युवा पुस्ताको कथा हो ।’
 
निर्देशकले आफ्नो फिल्म भदौ ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने बताए । फिल्ममा रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी छ ।
 
फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने महानायक राजेश हमाल विशेष भूमिकामा प्रस्तुत भएका छन् ।
 
Most Visited News (monthly)