मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो दिने विजनेसमा 'सुल्तान'को रेकर्ड

एजेन्सी, मुम्बई, 2016/07/07
बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'सुल्तान'ले ईद रिलिजमा आजसम्मकै सर्वाधिक कलेक्शनको रेकर्ड बनाएको छ । सलमान खान स्टारर फिल्मले 'ओपनिङ डे' भारतमा ३६ करोड ५४ लाखको विजनेस गरेको वलिउड अनलाईन कोईमोई डटकमले लेखेको छ ।
 
ईद रिलिजमा यो कलेक्शन अहिलेसम्मकै उच्च हो ।  यसअघि ईदको छेकोमा प्रदर्शनमा आएको शाहरुख खान स्टारर फिल्म 'चेन्नई एक्सप्रेस'ले सर्वाधिक ३३ करोड १ लाख कमाएको थियो भने दोश्रो नम्बरमा सलमानकै 'एक था टाईगर' को ३३ करोड कमाई थियो ।
 
'सुल्तान'ले यी सबै रेकर्ड तोड्यो' वलिउड अनलाईन कोईमोई लेख्छ । तर फाईनल कलेक्सनमा तलमाथी हुनसक्ने अनुमान लगाईएको छ । 
 
विदा नपरेको भएकोले ओपनिङ डे को सर्वाधिक कलेक्शनको रेकर्ड भने बनेन् । सलमान खान र अनुष्का शर्मा लिड रोलमा रहेको फिल्मलाई अलि अबाज जफरले निर्दैशन गरेका हुन् ।
 
फिल्मले ईदको विदा पर्दैगर्दा बिहिबार पहिलो दिनको भन्दा बढि विजनेस गर्नसक्ने अनुमान छ ।