वलिउड वक्सअफिस किङ सलमान खानको फिल्म 'सुल्तान' नेपाली बक्सअफिस आक्रामक देखिएको छ । 'सुल्तान' रिलिजको पहिलो दिन धेरैपछि नेपाली थियटरले सत प्रतिशत अकुपेन्सीको विजनेस गरेका छन् ।
मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैमा 'सुल्तान'ले कब्जा जमाउँदा वुधबार दिनभर हाउसफुल विजनेस गर्यो । रात्री शोको लागी पनि सबै शो को टिकट विक्री भईसकेको विवरण फिल्मीखबरलाई प्राप्त छ ।
नेपाली मल्टिप्लेक्समा वुधबारको सबै शो को टिकट मंगलबार साँझ नै सकिईसकेको थियो भने भोली अर्थात बिहिबारको टिकट पनि करिब सकिईसकेको बताईन्छ । क्युएफएक्सले मात्रै फिल्मलाई वुधबार २४ शो दियो भने बिहिबारलाई बढाएर २७ शो बनाएको छ ।
त्यस्तै विग मुभिजले तथा एफक्यूले फिल्मलाई १४ शो दिएको छ । रिलिजको दिन सबै शो हाउसफुल भए । फिल्मीखबरकर्मी राजधानीको केहि हल पुग्दा दर्शकको निकै चाप देखियो भने अग्रिम टिकट लिने दर्शकको पनि भिड उस्तै थियो ।
ईदको छेकोमा प्रदर्शनमा आएको फिल्मले नेपाली बक्सअफिसमा मात्रै पहिलो दिन डेढ करोडको विजनेस गर्ने अनुमान छ । यो हुँदैगर्दा नेपालमा पहिलो दिन कुनै पनि फिल्मले गर्ने कलेक्शनमा सबैभन्दा सर्वाधिकको रेकर्ड हुनेछ ।
३ करोड २० लाख लगानी गर्दै गोपिकृष्ण मुभिजले 'सुल्तान'लाई नेपाल भित्र्याएको थियो । भारतमा पनि फिल्मले आक्रामक सुरुवात गरेको छ । ओपनिङ डे विदा नपरेपनि फिल्मले पहिलो दिन करिब ३५ करोडको विजनेस गर्ने अनुमान लगाईएको छ ।
स्पोर्ट्स ड्रामामा सलमानसँगै अनुष्का शर्मा लिड रोलमा छन् । फिल्मलाई अलि अब्बासले निर्देशन गरेका हुन् ।

