Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हेर्नुहोस अमेरिकामा खिचिएको नेपाली फिल्म 'सफर' टिजर

फिल्मीखबर, काठमाडौं, 2016/07/06
सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्म 'सफर'को टिजर सार्वजनिक भएको छ । बिना योजना यात्रामा निस्केका तीन युवकहरुको कथा बोल्ने फिल्ममा सोहि यात्राको क्रममा उत्पन्न परिस्थितीलाई चित्रण गरिएको छ । 
 
 
सार्वजनिक टिजरमा पनि तीन मित्रको यात्राकै केहि क्षणलाई स्थान दिईएको छ । १ मिनेट २५ सेकेण्ड लामो टिजरमा समावेश केहि दृश्यहरु तथा क्यामेरा फ्रेमिङ आकर्षक लाग्दा छन् । 
 
युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने सम्पादन र निर्देशन आशिष श्रेष्ठको छ । केशब खड्काको कथा रहेको 'सफर' नेपालमा असोज १४ बाट प्रदर्शनमा आउनेछ ।
Most Visited News (monthly)