हङकङ र लण्डनमा प्रिमियर गरिएको प्रतिक्षित फिल्म 'वीर बिक्रम'को ट्रेलर रिलिज गरिएको छ । नेपालमा भाद्र ३ गते रिलिज हुने भनिएको यो फिल्म तीन युवा र एक युवतीको प्रेम सम्बन्धमा आधारित रहेको ट्रेलरले देखाएको छ ।
मिलन चाम्सको निर्देशनमा बनेको 'वीर बिक्रम'मा शिर्ष पात्रको रूपमा देखिएका दयाहाङ राईको चरित्र 'कबड्डी' र त्यसको सिक्वेलसँग मिल्ने देखिएपनि दर्शकलाई हलसम्म तान्न सक्ने खुराक प्रोमोमा देख्न सकिन्छ ।
फिल्ममा अर्पण थापा बिल्कुलै नयाँँ चरित्रमा देखिएका छन् । दर्शकको ध्यान उनले पनि पक्कै तान्नेछन् । यस्तै छोटो समयमा दर्शकको मन जित्दै गरेका ह्याण्डसम अभिनेता अनुप बिक्रम शाही पनि आकर्षक देखिएका छन् ।
'होस्टेल रिटर्न्स'बाट डेब्यू गरेका नाजिर हुसेनले आफ्नो अभिनय कलाले दर्शकको मन जित्ने अनुमान लगाउन सकिन्छ भने नव प्रवेशी दीया पुन पनि पात्र सुहाउदी देखिएकी छिन् ।

