प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकार संघद्धारा आयोजित फान अवार्ड बिभिन्न कारणले चर्चामा रह्यो । कतिले बिबादित अवार्ड भनिरहँदा कार्यक्रमले ठुलो सफलता पाएको देखियो ।
प्रधानमन्त्री केपी ओलीले कार्यक्रममा युवास्टार अनमोल केसीको खुलेर तारिफ गरे । उनले फिल्म क्षेत्रको बिकासका लागि आफ्नो सहयोग रहने बताए । उनले बोलेका रोचक कुराहरु प्रस्तुत भिडियोमा हेर्नसक्नुहुनेछ ।
अवार्डमा सहभागी नहुने र अवार्ड नलिने घोषणा गरेकी अभिनेत्री रेखा थापालाई सम्मानको भोकले भने तान्यो । उनी आफ्नै घरबाट आयोजना भएको अवार्ड भन्दै सम्मान थाप्न पुगिन् । रेखाले बोलेको प्रस्तुत भनाई हेर्दा लाग्छ अन्य अवार्ड आयोजक फिल्म क्षेत्रका नै हैनन् । हेर्नुस् भिडियो -
युवास्टार अनमोल केसीको जोडी भएर 'ड्रिम्स' फिल्ममा अभिनय गरेकी साम्राज्ञीराज्यलक्ष्मी शाह पनि निकै चर्चामा छिन् । उनले फान अवार्डमा नव अभिनेत्रीको अवार्ड हात पारेपछि चर्चा झन् चुलिएको छ । साम्राज्ञीले अवार्ड पाएपछि यसो भनिन् -
स्टेजमा उक्लेर दर्शक हँसाउन माहिर विल्सन विक्रम राई र जितु नेपालले अवार्डमा क-कस्को व्यङ्य गरे त ? भिडियो हेर्नुस् -
सानो पर्दामा दर्शकमाझ लोकप्रिय बनेका अभिनेता जितु नेपालले फिल्म 'वडा नम्बर छ'बाट सह-अभिनेताको अवार्ड पाए । फिल्मबाट जीवनमा पहिलो पटका अवार्ड पाएका जितुले आफूले पाएको अवार्डको बारेमा यस्तो धारणा राखे -

