Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'परासु' बोक्दै आए किशोर, विराज अबतारको नक्कल कि प्रभावित ?

फिल्मीखबर, काठमाडौं, 2016/07/04
रोज राणाले पर्शुराम नाम राख्दै विराज भट्ट लिएर फिल्मको निर्माण घोषणा गरे । तर उक्त नाममा चलचित्र विकास वोर्डमा अर्कैले फिल्म दर्ता गरेको पाईएपछि नाम परिवर्तन गर्दै पर्शुरामको अगाडी जय थपे, अनि 'जय पर्शुराम' बनाए। 
 
 
पर्शुराम नाममा भने किशोर खतिवडालाई लिड अभिनयमा लिँदै एनआर घिमिरेले पश्चिम नेपालमा फिल्म खिचे । उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोजको फिल्मको निर्माण घोषणा गर्दा प्रस्तुत गर्दै विराजको हतियार भनिएको 'परासु' (बञ्चरो) लाई नै प्रयोग गरिएको छ । 
 
किशोर खतिवडालाई रिसाहा अबतारमा परासुसँगै देख्न सकिन्छ । 'जय पर्शुराम'कै नक्कल गरी उक्त फिल्ममा पनि परासुलाई नै हतियार बनाउँदै प्रचार सामग्रीमा राखिएको त होईन ? पोस्टर देख्नेलाई यस्तै भान हुन्छ । पर्शुराम लेखेको पोस्टरको नाममा पनि परासु जोडिएको छ ।
 
विराजको अबतारबाट प्रभावित हो या सिधा कपि गर्दा प्रचारमा माथी आईने आशाले निर्देशक घिमिरेले यो गरे त्यो उनैले जान्ने कुरा हो, तर सिधा हेर्दा मिडिया हाईपकै लागी यो गरेको भान हुन्छ, नक्कल कै रुपमा लिँदा फरक पर्ने छैन् ।