अनमोल केसी, पछिल्लो पुस्ताका स्टार अनि उनै अनमोलसँग स्कृन सेयर गर्दै ठुलोपर्दामा डेब्यू गरेकी अनि पहिलो फिल्मबाटै हिट हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह । 'ड्रिम्स' जोडी पर्दामा जति हिट भए, बाहिर पनि उत्तिकै लोकप्रिय ।
त्यसो त ड्रिम्स सुटिङको क्रममा अनि प्रदर्शनको छेकोमा समेत यी दुई प्रेममा रहेको चर्चा सिने बृत्तमा चल्यो । तर दुबैले प्रेमि प्रेमिका भन्दा पनि असल साथीको रुपमा आफुलाई चिनाए । आईतबार प्रधानमन्त्री निवास बालुवाटार पुग्दा पनि अनमोल र साम्राज्ञीको त्यो असल मित्रता प्रष्टियो ।
कार्यक्रम चलिरहेको क्रममा हलमा साम्राज्ञी छिर्दा अनमोल मुस्कुराए भने प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोलको नाम लिएर प्रशंसा गर्दा साम्राज्ञीले पनि खुशी अनुभुती गरिन् मुस्कुराईन् ।
कुरा यतिमा सिमित रहेन, कार्यक्रम सकिएपछि हल प्राङ्गणमा बाहिरिँदा साम्राज्ञी अनमोल भएको छेउमा पुगिन्, अनि सेल्फी खिचिन् । अनि दुई जना केहि बेर भलाकुसरी पनि गरे । साम्राज्ञीसँग सेल्फी खिचिसकेपछि निर्देशक सम्पादक सुरेन्द्र पौडेलसँगै बाहिरिएका अनमोललाई हेर्दा लाग्थ्यो, उनि पहिले नै निस्किन चाहन्थे तर साम्राज्ञी नभेटि निस्किन मनले मानेन् ।
यी दुईो हाउभाउ हेर्दा प्रेममा खास केहि छ कि भनि शंका गर्ने प्रसस्तै ठाउँ उपस्थितले भेटे । असल साथी बोलेका यी दुईबीच खास केहि त छैन् ? त्यो भने समयले बताउला । अनमोल पछिल्लो फिल्म 'गाजलु'को सफलतापछि अहिले 'कृ' को तयारीमा छन् भने साम्राज्ञी दोश्रो प्रोजेक्ट 'ए मेरो हजुर २' फिल्मको तयारीमा जुट्दैछिन् ।