Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेल्फीमा छल्केको अनमोल र साम्राज्ञी प्रेम

फिल्मीखबर, काठमाडौं, 2016/07/04
 
अनमोल केसी, पछिल्लो पुस्ताका स्टार अनि उनै अनमोलसँग स्कृन सेयर गर्दै ठुलोपर्दामा डेब्यू गरेकी अनि पहिलो फिल्मबाटै हिट हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह । 'ड्रिम्स' जोडी पर्दामा जति हिट भए, बाहिर पनि उत्तिकै लोकप्रिय । 
 
 
त्यसो त ड्रिम्स सुटिङको क्रममा अनि प्रदर्शनको छेकोमा समेत यी दुई प्रेममा रहेको चर्चा सिने बृत्तमा चल्यो । तर दुबैले प्रेमि प्रेमिका भन्दा पनि असल साथीको रुपमा आफुलाई चिनाए । आईतबार प्रधानमन्त्री निवास बालुवाटार पुग्दा पनि अनमोल र साम्राज्ञीको त्यो असल मित्रता प्रष्टियो । 
 
 
कार्यक्रम चलिरहेको क्रममा हलमा साम्राज्ञी छिर्दा अनमोल मुस्कुराए भने प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोलको नाम लिएर प्रशंसा गर्दा साम्राज्ञीले पनि खुशी अनुभुती गरिन् मुस्कुराईन् । 
 
 
कुरा यतिमा सिमित रहेन, कार्यक्रम सकिएपछि हल प्राङ्गणमा बाहिरिँदा साम्राज्ञी अनमोल भएको छेउमा पुगिन्, अनि सेल्फी खिचिन् । अनि दुई जना केहि बेर भलाकुसरी पनि गरे । साम्राज्ञीसँग सेल्फी खिचिसकेपछि निर्देशक सम्पादक सुरेन्द्र पौडेलसँगै बाहिरिएका अनमोललाई हेर्दा लाग्थ्यो, उनि पहिले नै निस्किन चाहन्थे तर साम्राज्ञी नभेटि निस्किन मनले मानेन् ।
 
यी दुईो हाउभाउ हेर्दा प्रेममा खास केहि छ कि भनि शंका गर्ने प्रसस्तै ठाउँ उपस्थितले भेटे । असल साथी बोलेका यी दुईबीच खास केहि त छैन् ? त्यो भने समयले बताउला ।  अनमोल पछिल्लो फिल्म 'गाजलु'को सफलतापछि अहिले 'कृ' को तयारीमा छन् भने साम्राज्ञी दोश्रो प्रोजेक्ट 'ए मेरो हजुर २' फिल्मको तयारीमा जुट्दैछिन् ।
Most Visited News (monthly)