Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिर र नम्रताको 'गाँठो' रिलिज पहिले नै सुरक्षित ?

फिल्मीखबर, काठमाडौं, 2016/07/04

पछिल्लो समय नेपाली फिल्मको बजार विस्तार भएसँगै वैदेशिक प्रदर्शन अधिकार विक्री हुँदा राम्रो र आशातित फिल्मका निर्माताले राम्रै रकम पाउँदै आएका छन् । त्यसैले नेपालको सार्वजनिक प्रदर्शनमा तल माथी हुँदै गर्दा पनि वैदेशिक प्रदर्शनबाट निर्माताले केहि हदसम्म भएपनि राहतको स्वास फेर्न पाउँछन् । 

 
यो क्रममा भदौ ३१ लाई प्रदर्शनको मिति तय गरेको फिल्म 'गाँठो'ले रिलिज पहिले नै लगानी सुरक्षित गरेको दाबी निर्माण टिमले गरेको छ । नाजिर हुसैन, नम्रता श्रेष्ठ र अभय बराल लिड रोलमा रहेको फिल्मको डिजिटल अधिकार तथा केहि देशको प्रदर्शन अधिकार बिक्री भएसँगै लगानी सुरक्षित भएको दाबी गरिएको हो । 
 
सुरज भुषाल निर्देशित फिल्मले एफडी कम्पनिबाट मोफसल प्रदर्शनको लागी २० लाख एमजी पाईसकेको र राजधानिको लागी गोविन्द शाहीबाट १० लाख एडभान्स पाएको दाबी गरिएको छ भने अष्ट्रेलिया प्रदर्शन अधिकार मात्रै १५ लाखमा बिक्री भएको दाबी गरिएको छ । 
 
यसअघि 'मौन' फिल्मबाट समिक्षकको मन जितेका तथा 'होस्टेल रिटर्न्स' फिल्म बाट युवापुस्ताको मन जितेका निर्देशक भुषालको 'गाँठो'लाई आशातित फिल्मको दर्जामा राखिएको छ ।
Most Visited News (monthly)