Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अभिनय प्रतिस्पर्धाबाट कलाकार छान्दै दया र ऋचा

फिल्मीखबर, काठमाडौं, 2016/07/03
चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा, कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’मा यि कलाकारलाई निर्णायकको रुपमा राखिएको हो ।
 
आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ती जारी गर्दै प्रतियोगिताको यहि असार २२ गते बुधबारबाट छनौट चरणको अडिसन सुरु हुने जानकारी गराएको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनै स्थानमा रहेका प्रतियोगीले पनि यसमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
 
उपत्यका बाहिरको प्रतियोगीलाई ,भिडियो मार्फत चयन हुने व्यवस्था मिलाएको र उपत्यका भित्र ‘काठमाडौ , ललितपुर र भत्तपुर’का प्रतियोगीले नेक्स्ट मोडल्स नेपालको कार्यलय अनामनगरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
 
युवा युवतीको अभिनय मोहलाई सम्मान गर्दै अभिनयमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउने र ति प्रतिभालाई उचित अवसर प्रदान गर्ने उदेश्य कार्यक्रमको रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
 
बिभिन्न चरणबाट छानिएका ६० प्रतियोगिलाई मात्र ३५ दिने आधुनिक प्रशिक्षमा सहभागि गराइनेछ । प्रशिक्षणमा सहभागी मध्यबाट टप ४०,टप २० ,टप १० र टप ५ हुँदै उत्कृष्ट एक छानिने नेक्स्ट मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।
 
नेपाली युवायुवतीको अभिनय कला बाहिर ल्याउने उदेश्य रहेको प्रतियोगीतामा अनुप बिक्रम, क्रिम परियार, बिनोद पौडेल, महेश त्रिपाटी लगायतको प्रतियोगीलाई प्रशिक्षक रहनेछ । प्रतियोगीताको विजेताले चलचित्र, म्युजिक भिडियो, विज्ञापन फिल्ममा अभिनयको  अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्न सक्नेछन् ।
 
Most Visited News (monthly)