अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको सम्बन्ध तातो छैन् । मिडियामा हर समय यहि प्रकारका गसिप अनि समाचार आइरहन्छन् । तर कलाकार संघको अवार्डले यस्तो संयोग जुटायो, आर्यन र रेखा एकसाथ स्टेज सेयर गर्नबाध्य भए, अनि रेखाले आर्यनलाई अंकमाल गर्दै बधाई दिईन् ।

उत्कृष्ट अभिनेताको अवार्ड दिन स्टेजमा पुगेकी रेखाले विजेता बनेका आर्यनको नाम पढ्नु नै पर्यो । अनि घुमाउरो पाराले आर्यनको प्रशंसा गर्दै कुरा मिलाईन् । अनि बोलिन्, 'आर्यन रेखा फिल्मस् को सन्तान हो, आफ्नै ब्यानर तथा फिल्म 'किस्मत'बाट डेब्यू गरेका आर्यनलाई रेखाले प्रशंसा गर्दै बधाई दिँदा हल तालीले गुञ्जियो ।
जब आर्यन स्टेजमा पुगे तब रेखाले अंकमाल गरिन्, अनि हातमा अवार्ड थमाईन् । यी दुईबीच सोहि समय छोटो कुरा पनि भयो, तश्विर यहि बोल्छ ।
रेखाबाटै डेब्यू पाएका आर्यन 'कसले चोर्यो मेरो मन' पछि सँगै पर्दामा देखिएका छैनन् । त्यसैले पनि बर्षौपछि एउटै स्टेजमा पुगेका यी दुई गसिप वजारमा चर्चामा रहनु स्वभाविक बन्यो । रेखाले आर्यनलाई हेन्डसम हिरो, अभिनयका खानी भन्दै प्रशंसा समेत गर्न भ्याईन् ।

