Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

फान अवार्ड २०७२ : पशुपतिप्रसाद उत्कृष्ट फिल्म, हिरो हिरोईनमा आर्यन र नम्रता

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/07/02
चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गरकेो 'फान अवार्ड २०७२' तर्फ उत्कृष्ट फिल्मको अवार्ड 'पशुपतिप्रसाद'ले जितेको छ । दुई दिन पहिले मात्रै राष्ट्रिय पुरस्कारमा सर्बोत्कृष्ट बनेको फिल्मले निर्देशक तर्फ पनि अवार्ड जित्दा दिपेन्द्र के खनालले अवार्ड उचाले । 
 
 
यस्तै उत्कृष्ट अभिनेता र अभिनेत्री तर्फ 'क्लासिक' फिल्मबाट क्रमशः आर्यन सिग्देल र नम्रता श्रेष्ठले अवार्ड जितेका छन् । राजधानीमा आयोजित कार्यक्रममा २४ विधामा अवार्ड वितरण गरियो । 
 
 
कार्यक्रममा जुरीको तर्फबाट प्रदान गरिएको अवार्ड 'फन्को' फिल्मबाट सौगात मल्लले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्म, व्यवसाय, पत्रकारिता तथा सुरक्षा निकायका विशिष्ट व्याक्तिहरुको उपस्थिती थियो । 
 
 
कार्यक्रममा नाम चलेका कलाकारहरुले दर्जनबढि फिल्मका गीतमा नृत्य प्रस्तुत गरे । 
 
 
यसैबीच दिर्घ साधना सम्मान तर्फ वरिष्ट गायक तथा निर्देशक हरिप्रसाद रिमाललाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै रिमाललाई १ लाख ११ हजार १ सय ११ धनराशी सहित सम्मानपत्र प्रदान गरे । 
 
फान अवार्ड २०७२ का बिजेताहरु यसप्रकार छन्ः
 
उत्कृष्ट कथाः दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
 
उत्कृष्ट पटकथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
 
उत्कृष्ट  संवाद दिपकराज गिरी, वडा नम्बर ६
 
उत्कृष्ट  नृत्य निर्देशकः शंकर विसी, वडा नम्बर ६
 
उत्कृष्ट  द्वन्द्व निर्देशकः हिमाल केसी, भैरव
 
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, प्रेमगीत
 
उत्कृष्ट  गायिकाः अञ्जु पन्त, प्रेमगीत
 
उत्कृष्ट गायकः युवराज चौलागाई, क्लासिक
 
उत्कृष्ट  संगीतकारः राजनराज सिवाकोटी, वडा नम्बर ६
 
उत्कृष्ट  सम्पादनः सुरेन्द्र पौडेल, क्लासिक
 
उत्कृष्ट  चरित्र अभिनेत्रीः लक्ष्मी गिरी, प्रेमगीत
 
उत्कृष्ट  चरित्र अभिनेताः रमेश बुढाथोकी, भाग् सानी भाग्
 
उत्कृष्ट  छायाँकारः पुरुषोत्तम प्रधान, सञ्जय लामा, ड्रिम्स
 
उत्कृष्ट नव अभिनेत्रीः साम्राज्ञराज्य लक्ष्मी शाह, ड्रिम्स
 
उत्कृष्ट नव अभिनेताः पल शाह, नाई नभन्नु ल ४
 
उत्कृष्ट नव निर्देशकः भुवन केसी, ड्रिम्स
 
उत्कृष्ट सह अभिनेत्रीः रोमि घिमिरे, क्लासिक
 
उत्कृष्ट  सह अभिनेताः जीतु नेपाल, वडा नम्बर ६
 
उत्कृष्ट खलपात्रः विपिन कार्की, पशुपतिप्रसाद
 
उत्कृष्ट हाँस्य कलाकारः विल्सन विक्रम राई, अधकट्टी
 
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
 
उत्कृष्ट अभिनेताः आर्यन सिग्देल, क्लासिक
 
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ, क्लासिक
 
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
 
जुरी अवार्डः सौगात मल्ल, फन्को
 
तश्विरः महेश्वरमान सिंह
Most Visited News (monthly)