मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार ५ फिल्म रिलिजः कस्तो रह्यो ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2016/07/01
शूक्रबारबाट एकसाथ पर्दामा पाँच फिल्म प्रदर्शनमा आए । कति फिल्म थााह दिएर त कति फिल्मले दर्शकलाई नै सस्पेन्स राख्दै एक्कासी हलमा लागे । 
 
 
दर्शकलाई फलानो फिल्म लाग्दैछ है भन्ने सम्म ज्ञात गराउन नसकी प्रदर्शनमा आउने फिल्मको विजनेस कस्तो होला ? अनुमान लगाईहाल्न गार्हो हुँदैन् । यस्तै भएको छ, 'लाले', 'सुर्या दि पावर' र 'अनमोल क्षण' नाम गरेका तीन फिल्मको ।
 
यी तिनै फिल्म लागेका हल शुक्रबार करिब खाली जस्तै भए । अकुपेन्सी हिसाब गर्न लायक छैन् । यस्तै साहित्यकार तथा राजनीतिज्ञ बिपि कोईरालाको उपन्यासमा आधारित फिल्म 'तीन घुम्ती' पनि सँगसँगै प्रदर्शनमा आयो । 
 
बिपीको कृतिमा निर्देशक बाबुराम ढकालले कति न्याय गरे या गरेनन्, त्यो हेक्का दर्शकले उनको फिल्मलाई कति पत्याए भन्ने मै देखिएको छ । फिल्मको देशभरको ओपनिङ दिनको औसत अकुपेन्सी १० प्रतिशत आसपास छ ।
 
त्यसो त फिल्मको विजनेसमा देखिएको छलाङले कुनै पनि फिल्मको निर्माण टिम आश्चर्यमा छैन्, बर्षातको कारण भनेको छ । तर सबै निर्मातालाई पक्कै याद हुनपर्छ एकसमय भुवन केसीको फिल्म 'करोडपति' असार महिना मै रिलिज भएर सुपरहिट भएको थियो ।
 
उल्लेखित फिल्मको विजनेस चौपट हुनुमा आवश्यक प्रचार नहुनु, कम लगानीमा फिल्म बनाउँदै आफुमा निर्माता, निर्देशक तथा कलाकार हुँ भन्ने भुत चढाउन कस्सिनु अनि मेकिङमा स्टारभ्यालुलाई प्राथमिकता नदिनु सबै कारक बनेका छन् ।
 
यस्तै शुक्रबार नै प्रदर्शनमा आएको विदेशी फिल्म 'टार्जन'ले भने नेपाली फिल्मको भन्दा केहि सुखद देखिएको छ ।