मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पुरस्कार वितरण समारोह: राष्ट्रपति भवनमा जे देखियो (फोटो / भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/01
 
चलचित्र विकास वोर्डले हरेक बर्ष प्रदान गर्दै आएको बर्ष २०७२ को राष्ट्रिय चलचित्र पुरस्कार सम्माननिय राष्ट्रपतिको हातबाट वितरण गरिएको छ ।
 
 
बिहिबार साँझ राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट बनेका फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कृत गरियो । 
 
 
यस्तै कार्यक्रममा दिर्घ साधना सम्मानबाट पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सम्मान गरियो । भुषाललाई ३ लाख ५१ हजार नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरियो ।
 
 
पशुपतिप्रसाद लेखक तथा मुख्य कलाकार समेत रहेका खगेन्द्र लामिछाने र जुरीको तर्फबाट विशेष पुरस्कार पाएका नव निर्देशक भुवन केसीबाहेक सबै कलाकर्मी कार्यक्रममा उपस्थित थिए । 
 
 
उत्कृष्ट फिल्म बनेको पशुपतिप्रसादको अवार्ड खगेन्द्र पत्नि तथा निर्मात्री रोजिना सिटौलाले थापिन् । उनले उत्कृष्ट कथामा खगेन्द्रको पक्षमा परेको अवार्ड पनि थापिन् । 
 
 
त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड सोहि फिल्मबाट नै दिपेन्द्र के खनालले थापे भने उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेलले राष्ट्रपतिको हातबाट अवार्ड बुझ्दा सिनेमाटोग्राफीमा ड्रिम्सबाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले सम्युक्त रुपमा अवार्ड बुझे । 
 
 
अभिनेता तर्फ तीन पटक अवार्ड जितेर ह्याट्रिक गरेका दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठले अवार्ड बुझे । यस्तै आदिवासी फिल्मतर्फ यम्फु देउराली उत्कृष्ट बन्यो । 
 
 
जुरीले प्रदान गर्ने अधिकार प्राप्त अवार्ड भने नव अभिनेतामा भुवन केसीको पोल्टामा परेपनि उनि अमेरिका रहेको कारण भुवन पिताले अवार्ड बुझेका थिए ।
 
 
 
फोटो तथा भिडियोः महेश्वरमान सिंह