Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नी लियोनीले के भनिन् त नेपाल आएर ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/06/28
पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लिअोनी सोमवार नेपाल आएकी छिन्। नेपाली उत्पादक कम्पनी जिङ्क भोड्काकी ब्राण्ड एम्वेस्डर समेत रहेकी सुन्नी लिअोनी तेस्रो पटक नेपाल आएकी हुन्। 

बौद्द स्थित ह्यात होटेलमा गरिएको पत्रकार सम्मेलनमा सुन्नी लिअोनीले आफुलाई ब्रान्ड एम्वेस्डरको रुपमा चुनिएकोमा धन्यबाद ब्यक्त गरेकी छिन्। आफू नेपालको जहाँ जुन ठाउँमा गए पनि छिट्टै त्यहाँका मान्छेहरुसँग घुलमिल भैइ उनिहरुसँग आत्मियता महसुस हुने गरेको कुरा ब्यक्त गरिन्।
 
आफू र आफ्नो श्रीमानको संसारकै सबैभन्दा मन पर्ने देश नेपाल रहेको र नेपालको खाना, संस्क्रति, कलाकारितालाई सम्झदै आफु नेपालमै भएको महसुस हुने गरेको बताएकी छिन्। उनले भुकम्पले भत्काएका वस्तुहरु पहिलेको जस्तै रुपमा देख्न पाउँ भन्ने आशा उक्त पत्रकार सम्मेलनमा ब्यक्त गरेकी छिन् । त्यस्तै उनले नेपालमा ८ हजार क्यान्सर पीडीतको लागी पनि उपचारमा सहयोग गर्ने बचन पनि दिएकी छिन् ।
 
जिङ्क भोड्का ब्राण्डको तर्फबाट हुन लागिरहेको डान्स पार्टिमा सन्निले आफ्नो धमाकेदार निर्त्य समेत प्रस्तुत गर्ने छिन् ।
Most Visited News (monthly)