मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रजनिकान्तको 'काबाली'ले ईरफानको पोस्टर चोरेपछि....

एजेन्सी, मुम्बई, 2016/06/28
साउथ सुपरस्टार रजनिकान्तको फिल्म 'काबाली' प्रदर्शन पहिले नै चर्चामा छ । तर पछिल्लो पटक फिल्मको पोस्टर चोरी भएको पाईएपछि हंगामा भएको छ ।
 
 
काबालीको पोस्टर जस्ताको तस्तै वलिउड अभिनेता ईरफान खानको फिल्म'मदारी'सँग मिल्छ । दर्जनौं भवनहरुको बीचमा ईरफान रहेको ठाउँमा रजनिकान्त देखिएका छन् ।
 
मुम्बईमा आयोजित एक कार्यक्रममा ईरफानले नै रजनिकान्तको फिल्ममा आफ्नो फिल्मको पोस्टर चोरी भएको बोलेका थिए । मिडियामा तथा सामाजिक सञ्जालमा चोरीको चर्चाले हंगामा मच्चिएपछि 'काबाली' निर्माण टिमले भने चोरी नभएको दाबी गरेको छ ।
 
अर्को संयोग के छ भने 'काबाली' र 'मदारी' दुबै फिल्म जुलाई १५ मा रिलिज हुँदैछन ।