मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो 'लालजोडी' गीत, दुई हिरोईनसँग रोमान्समा नक्कली बाबुराम !

फिल्मीखबर, काठमाडौं, 2016/06/28
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म 'लालजोडी'को पहिलो गीत रिलिज भएको छ । केहि दिन पहिले अडियो आउट गरेको निर्माण टिमले मंगलबार भिडियो सार्वजनिक गरेको हो ।
 
 
सार्वजनिक भिडियोमा लिड कलाकार नक्कली बाबुराम उर्फ ज्योती काफ्ले, रजनी केसी र आयुष्मा कार्की फिचरिङमा छन् । गीतको शब्द दिनेश सुवेदीको हो भने टंक बुढाथोकीको संगीतमा राजेशपायल राई र मनिषा पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका छन् ।
 
दिलाशा कृयशनको व्यानरमा तयार फिल्म भदौ १७ मा रिलिज हुँदैछ । सामाजिक सञ्जाल क्याम्पियनले हाईपमा रहेको फिल्म निर्देशक सुवेदीको दोश्रो एक्शन कटमा तयार भएको हो । सुवेदीले यसअघि 'एउटा साथी' निर्देशन गरेका थिए । 
 
कमेडी जनराको फिल्ममा बुद्धी तामाङ 'हैट', पुरन थापा, किशोर भण्डारी, गोविन्द कोईराला लगायतको पनि अभिनय छ ।