मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अनमोलको स्टारडमले फिल्म चलाऊन खोजेको हैन` : सुस्मिता केसी (भिडियोसहित)

मञ्जु गैरे, काठमाण्डौ, 2016/06/27
अनमोल क्रियशनको व्यानरमा निर्माण भएको फिल्म 'म त तिम्रै हुँ' यही साउन ७ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। पारिवारिक फिल्म जुन युवा पुस्तालाई लक्षित गरेर निर्माण गरेको भनिएको छ ।
 
 
अभिनेता अनमोल केसीको नाममा आमा सुस्मिता केसीले फिल्म निर्माण गरिन् । तर, छोरालाई नै आफ्नो फिल्ममा लिईनन् । फिल्मको कथासँग अनमोल फिट नभएकाले नलिएको सुस्मिताको भनाई छ । अभिनय नगरेपनि अनमोलको नाममा फिल्म किन बनाईयो त ? 
 
फिल्म क्षेत्रमा अनमोलको भबिश्य राम्रो देखेकी सुस्मिताले ४-५ बर्ष हुँदादेखि नै छोरा निर्माताको रुपमा रहेको र त्यहि कुरालाई अहिलेसम्म पनि जारी राखेको हुनाले अनमोल क्रियशनको नामबाट फिल्म बनाएको बताईन् । उनले अनमोलको नामबाट फिल्म चल्छ भन्ने आरोपलाई खण्डन समेत गरेकी छिन्।
 
त्यसै गरी आफु एकल महिला भएर बाच्न सकिने र समाजको परवाह नगरी सबै महिलाहरु आत्म निर्भर भयो भने जिवन सहज तरिकाले लैजान सकिन्छ भन्ने सन्देश पनि फिल्मीखबर मार्फत दिएकी छिन्।
 
विगत १५ बर्षदेखि फिल्म क्षेत्रमा बिभिन्न अनुभवहरु बटुल्दै दर्शकहरुको चाहनाहरुलाई बुझेर फिल्म बनाएको बताउने सुस्मिताले आफ्नो फिल्म र अनमोलको बारेमा के-के भनिन् त ? भिडियो हेर्नुस् ।