अनमोल कृयशनको व्यानरमा निर्माण भएको फिल्म 'म त तिम्रै हुँ' को नयाँ गीत रिलिज भएको छ । श्रीराम महतले निर्देशन गरेको फिल्मको सार्वजनिक गीत युवापुस्ता लक्षित छ ।
'फ्रि योरसेल्फ एभरीबडी' बोलको गीतमा संगीत हर्कुलस बस्नेतको छ भने स्वरमा हर्कुलसलाई अल्मोडा राना र सञ्जिमाले साथ दिएका छन् ।
आकाश श्रेष्ठ र ज्योतस्मा योगी लिड रोलमा रहेको फिल्मकी निर्मात्री अभिनेत्री सुस्मिता केसी हुन भने युवा स्टार अनमोल पनि निर्माण टिममा छन् । फिल्म साउन ७ मा रिलिज हुँदैछ ।