मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

थाहा पाउनुस् कस्तो चल्यो 'लुकामारी' ?

फिल्मीखबर, काठमाडौं, 2016/06/27
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लुकामारी'ले सुखद ओपनिङ गरेको छ । कमेडी क्राईम जनराको फिल्मले दर्शक हँसाउन सफल भएको छ । 
 
मुख्य अभिनेता सौगात मल्ल, कर्मा शाक्य र बिक्रमसिंह थारुले आफ्नो आफ्नो पात्रलाई न्याय गर्दा दर्शक हलबाट निस्किँदा पनि नोटिसेवल बनेका छन् । फिल्म निर्माण टिम तथा वितरण कम्पनिलाई उधृत गर्दै मिडिया संयोजक विजय सुवेदीले दिएको जानकारी अनुसार फिल्मले राजधानीबाट तीन दिनमा ३७ लाखको विजनेस गरेको छ ।
 
मोफसल विजनेसको रिपोर्ट भने प्राप्त छैन् । फिल्म मल्टिप्लेक्समा रुचाईएको छ ।  त्यसो त शनिबार सौगात आफै अभिनेत्री सुरविना कार्की तथा निर्माण टिमसँग हल हलमा पुगेर दर्शकसँग माया साटेका थिए । 
 
निर्देशक श्रीराम दाहालले वर्ड अफ माउथ राम्रो भएको कारण फिल्मले नियमित दर्शक तानिरहने आशा व्यक्त गरे । 'हामीले सुरुवात मै आक्रामक ओपनिङको ठुलो अपेक्षा राखेका पनि थियनौं, तीन दिनको यहि विजनेसबाट खुशी छौं, निर्देशक दाहालले भने । फिल्मका मुख्य निर्माता सुरजमान सिंह भण्डारी हुन् ।