भदौ १७ मा रिलिज हुने फिल्म 'बृन्दावन'को गीत सार्वजनिक भएको छ । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पा पोखरेल लिड रोलमा छिन् । त्यसो त एक हप्तामा शिल्पा अभिनित दुई फिल्मका गीत रिलिज भए । केहि दिन पहिले 'किस्मत २' को गीत पनि बाहिरिएको थियो ।
'ताला चाबि' बोलको गीतमा जुना प्रसाईं र कृष्ण काफ्लेको स्वर छ । संगीत दिपक शर्माले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको हो ।
शिल्पासँगै किशोर खतिवडा लिड अभिनयमा रहेको फिल्ममा बाँदरलाई पनि दर्शकले देख्न पाउनेछन् ।