मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सोनीको बर्थडे केकमा सौगातको फोटो !

फिल्मीखबर, काठमाडौं, 2016/06/27
पछिल्लो समय मिडियामा मसला बनिरहेको छ, अभिनेता सौगात मल्लको मोडल सोनी केसीसँग अफेयरको प्रशंग । केहि दिन पहिले पोखरामा सम्पन्न 'लुकामारी' प्रिमियरमा फिल्मीखबरले उनको प्रेमको बारेमा राखेको जिज्ञाशामा सौगातले आफु कोहिसँग पनि प्रेममा नरहेको दाबी गरेका थिए । 
 
 
तर लुकाएर सत्य लुक्दैन भने झैं नयाँ कुरा यो निस्क्यो कि सोनिले शनिबार परेको आफ्नो जन्मदिनमा सौगात र आफुसँगै रहेको तश्विर सहितको केक काटिन् । सोनीको बर्थ डे केकमा 'सोनि लभ सौगात' लेखिएको थियो भने धेरै ठाउँमा सौगात सौगात पोतिएको पाईयो । 
 
बर्थडे केक पनि सौगातले नै अर्डर गरिदिएको सोनी निकट उनका साथीहरुले बताए । तर केक काट्दा सौगात भने उपस्थित थिएनन् । परिवारसँग रहेकोले सांझमा समय निकाल्न नसकेको कारण सौगात नपुगेको बताईएको छ । 
 
तर केहि दिन पहिले मात्रै प्रेमिका छैन, प्रेम मै छैन बोलेका सौगात मिडियामा पुनः गसिप बन्ने शंकामा सोनीको बर्थडे मनाउन नपुगेको अड्कल छ । 
 
हेर्नुहोस चार दिन पहिले मात्रै प्रेम प्रशंगबारे सौगातको प्रतिक्रियाः