Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`झुम्की`को पोस्टरमा मलिना

फिल्मीखबर, काठमाण्डौ, 2016/06/26
छायाँकन सकेर सम्पादनमा रहेको फिल्म "झुम्की" यही भदौ ९ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। अपिल विस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको "झुम्की"को दोस्रो पोस्टर रिलिज भएको छ।
 
 
पहिलो पोस्टरमा नअटाएकी अभिनेत्री मलिना जोशिलाई दोस्रो पोस्टरमा समेटिएको छ । 'दाशढुंगा' फिल्म निर्माण गरेर चर्चामा आएका अपिल बिष्टले फिल्मको निर्देशन गरेका हुन् ।   
 
 
रामबाबु गुरुङको लेखन कालिप्रसाद बास्कोटाको संगीत रहेको यस फिल्ममा दयाहाङ राई, मलिना जोशी, रिश्मा गुरुङ, मनोज आरसी र प्रमोद अग्रहरीको मुख्य अभिनय रहेको छ भने यसलाई छयांकन गरेका छन् शैलेन्द्रध्वज कार्कीले।
 
सोसल ड्रामा जनराको फिल्म 'झुम्की'को कथा दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने एक प्रहरीले भोगेका उतारचढावपूर्ण घटनाको वरिपरि घुमेको बताईएको छ । 
Most Visited News (monthly)