Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'कृ'ले खोज्यो अनमोललाई हिरोईन, यस्ता छन् सर्त

फिल्मीखबर, काठमाडौं, 2016/06/24
युवा स्टार अनमोल केसीको फ्यान फलोईङ हिसाब गरीसक्नु छैन् । अनमोललाई ड्रिम व्वाई मान्ने लेडिज फ्यानहरु कम छैनन् । यो बीचमा नयाँ फिल्मको लागी हिरोईनको माग गरिएको छ, निर्माण टिमले अडिसनको लागी आह्वान गरेको हो ।  
 
गत हप्ता २० लाख पारिश्रमिकमा अनमोल अनुबन्ध भएको फिल्म 'कृ'को लागी अभिनेत्रीको अडिसन खुला गरिएको हो । निर्माण व्यानर सुवास ईन्टरटेन्मेन्ट र सुपर काजल फिल्मस् को तर्फबाट 'कृ'को लागी खुलाईएको प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अनमोलसँग स्कृन सेयर गर्ने मौका पाउनेछन् ।
 
निर्माण टिमको सार्वजनिक प्रावधान अनुसार १८ देखि २२ बर्ष उमेर समुहका त्यसमा पनि ५ फिट ५ ईञ्च भन्दा बढि उचाई हुने युवतीमात्र अडिसनको लागी योग्य मानिनेछन् ।
 
सुवास गिरीको निर्माण तथा सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने 'कृ' हिरोईन बन्न प्रावधान के राखियो जान्नुहोस तल उल्लेखित (पोस्टर) तश्विरबाटः
 
Most Visited News (monthly)