मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

'गाजलु' दुई हप्ताको कलेक्शन सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/06/24
जेठ २८ रिलिज फिल्म 'गाजलु' बर्ष २०७३ को पहिलो सफल फिल्म बनेको छ । दर्शक हलमा तानेर पनि लगानी सुरक्षित गर्न नसकेका फिल्महरुलाई उछिन्दै 'गाजलु'ले नाफाको विजनेस सुरु गरेको छ ।
 
निर्माण टिम तथा वितरण कम्पनिहरुबाट प्राप्त विजनेस विवरण अनुसार फिल्मले दुई हप्तामा कुल ३ करोड २८ हजार ९ सय ३१ रुपैयाँको ग्रस विजनेस गरेको छ । हेमराज विसी निर्देशित फिल्मले काठमाडौंबाट मात्रै १ करोड ८२ लाख ६ हजार ९ सय ३ रुपैयाँको विजनेस गर्यो । 
 
वितरक गोविन्द शाहीले फिल्मको विजनेसमा खुशी व्यक्त गरे । युवा स्टार अनमोल केसी स्टारर फिल्मले मोफसलबाट दुई हप्तामा १ करोड २० लाख ७४ हजार २८ रुपैयाँ ९५ पैसाको विजनेस गरेको विवरण फिल्मीखबरलाई प्राप्त छ ।
 
निर्माता रोहित अधिकारीले फिल्मको कुल लागत १ करोड बढि रहेको भन्दै नेपाल रिलिजबाट नै यो रकम रिकभर भएको बोले । अष्ट्रेलिया, युके, हङकङ, कोरिया, जापान, अमेरिका र भारतको प्रदर्शन अधिकार बिक्रीबाट मात्रै आफ्नो हातमा अहिलेसम्म ६० लाख ५० हजार परेको दाबी उनको छ । 
 
निर्माता रोहितका अनुसार अमेरिका र युकेको लागी पुर्णतः प्रदर्शन अधिकार नदिईएकोले उल्लेखित देशका अन्य शहरमा समेत फिल्म प्रदर्शनको लागी कुरा अघि बढिरहेको बताए । 
 
अनमोलसँगै सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल लगायत 'गाजलु'मा अभिनयमा छन् । फिल्म अहिले दर्जनबढि हलमा तेस्रो हप्तामा प्रदर्शनरत छ ।
 
नोटः हल सञ्चालक र वितरण कम्पनिहरुबाट प्राप्त विवरण अनुसार फिल्मीखबरले वक्सअफिस रिपोर्ट तयार पारेको हो ।