मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा, मधेशी सौगात भर्सेज, तेक्वान्दोको कथा

फिल्मीखबर, काठमाडौं, 2016/06/24
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । यो हप्ताको लागी दर्शकमाझ भर्स्टाईल एक्टर सौगात मल्ल स्टारर 'लुकामारी' भर्सेज 'रिलेशन' । 
 
दुई दिन पहिले पोखरामा प्रिमियर सम्पन्न भएको 'लुकामारी'लाई सस्पेन्स क्राईम कमेडी थ्रिलर जनरामा राखिएको छ । फिल्मले प्रिमियरबाट सुखद समिक्षा पायो । पोखरेली दर्शकले फिल्म रुचाए । 
 
श्रीराम दाहाल निर्देशित लुकामारीमा मधेशी युवा बनेका सौगातसँगै सुरविना कार्कीको बोल्ड अबतार प्रस्तुत हुँदा कर्मा शाक्य र रिस्ता बस्नेत लिड रोलमा छन् । फिल्म मल्टिप्लेक्स अनि सिंगल थियटरमा एकसाथ प्रदर्शनमा आएको हो । 
 
यस्तै दिपेन्द्र दाहाल निर्देशित फिल्म 'रिलेशन'ले तेक्वान्दो खेलको कथा बोल्छ । फिल् यसअघि नै हलिउड थियटरमा प्रिमियर भएको छ । 
 
फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय समेटिएको छ ।