मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जेठमा मात्रै ८ फिल्म रिलिज, को हिट को फ्लप ?

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/06/23
हरेक हप्ता दुई तीन फिल्म रिलिज हुने कुरा नेपाली फिल्म उद्योगको लागी परम्परा नै भईसकेको छ । कमै मात्र फिल्म सोलो रिलिज हुन्छन् । बर्ष २०७३ को जेठ महिनामा पनि यस्तै भयो । जेठ २८ रिलिज 'गाजलु' बाहेक यो महिना कुनै पनि फिल्मले सोलो रिलिजको अबसर पाएन् । 
 
 
बैशाख महिना रिलिज फिल्मको विजनेस समिक्षा लेखिसक्दा जेठ रिलिजको पनि आवश्यक ठान्दै फिल्मीखबरले पछिल्लो महिना रिलिज फिल्मको विजनेस आँकडा तयार पारेको छ । थाहा पाउनुहोस, जेठमा कुन फिल्म हिट कुन फ्लप ?
 
जेठ महिनाको पहिलो हप्ता दुई फिल्म रिलिज भए, 'होमवर्क' र 'वुद्ध वर्न ईन नेपाल' । आर्यन सिग्देल स्टारर अनि निरक पौडेलको निर्देशनमा बनेको यो फिल्मले आशातित विजनेस गरेन् । निर्माण टिमले भनेको लगानी सार्वजनिक प्रदर्शनबाट उठ्न सकेन् । 'गोपिकृष्ण मुभिजको तर्फबाट बनेको फिल्म गोपिकृष्ण हलमा बाहेक अन्य हलमा दोस्रो हप्तामा मुश्किलले लाग्यो । 
 
यो कुरा 'रमित ढुङ्गानाले बनाएको 'वुद्ध वर्न ईन नेपाल'मा पनि लागु भयो । फिल्म 'होमवर्क' जति पनि चलेन् । राष्ट्रियताको मुद्धा उठाएको फिल्म समाचारमा हिट भयो तर व्यापारमा भएन् । 
 
त्यस्तै जेठ १४ मा तीन फिल्म एकसाथ रिलिज भए । पुराना स्टार शिव श्रेष्ठ स्टारर 'एक्शन', 'किन गरेँ माया' र 'वेष्ट फ्रेण्ड फरेभर' । तीनै फिल्मलाई दर्शकले नपत्याएको भन्नुपर्छ, हल उक्त हप्ता पनि खाली नै रहे । 
 
त्यस्तै जेठ २१ मा स्वघोषित पोर्न स्टार अर्चना पनेरु पहिलो पटक ठुलोपर्दामा देखिईन् । वलिउडमा सन्नि लियोनको नाममा ठुलोपर्दामा फिल्म चलेपनि नेपालमा त्यो हुनसकेन् अर्चनालाई राम्रै चेत भयो कि हल्लाले फिल्म चल्दैन् । 
 
त्यस्तै सोहि मितिमा विदेशका विभिन्न फेस्टिभलमा उत्कृष्ट बनेको कालोपोथी पनि प्रदर्शनमा आयो । 'कालोपोथी'ले मल्टिप्लेक्समा दर्शकको उल्लेख्य साथ पायो र पाईरहेको पनि छ । जनयुद्धको कथा बोलेको फिल्म हेर्न दर्शक उर्लिए  । तर निर्माण टिमले ३ करोडको लागतमा फिल्म बनेको भनिरहँदा त्यो हिसाब हेर्दा नेपाल रिलजिबाट लगानी अझै सम्म पनि सुरक्षित छैन् । 
 
हालसम्म मल्टिप्लेक्सबाटमात्रै डेढ करोड माथिको विजनेस गरिसकेको फिल्मले लगानी रिकभर गर्न कम्तिमा पाँच करोड माथीको विजनेस गर्नपर्छ ।  फिल्मले विदेश प्रदर्शनबाट भने राम्रै पैसा उठाईसकेको छ ।
 
त्यस्तै अन्तिम हप्ता युवा स्टार अनमोल केसी स्टारर 'गाजलु ' रिलिज भयो । रोहित अधिकारिको निर्माण अनि हेमराज विसी निर्देशित पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले डेब्यू गरेको फिल्म हेर्न यो बर्ष पहिलो पटक सबैभन्दा बढि दर्शक उर्लिए, अनमोलको क्रेज पुनः हलमा देखियो । 
 
दर्जनौं हलमा दोस्रो हप्ता प्रदर्शन भई तेश्रो हप्ते प्रदर्शको लागी तयार फिल्मले हालसम्मको विजनेसबाट लगानी रिकभर गरेर नाफाको बाटोमा प्रवेश गरेको छ । फिल्मले विदेश रिलिजबाट पनि ६० लाख बढि रकम उठाईसकेको निर्माण टिमले दाबी गरेको छ ।
 
त्यसो त यो महिना पनि नेपाली फिल्म उद्योगको लागी सुखद बन्न सकेन् उल्लेखित रिपोर्ट यहि बोल्छ । चलेको फिल्ममा 'कालो पोथी' र 'गाजलु' परे पनि निर्माण टिमले भनेको लागतलाई नियाल्दा लगानी सुरक्षित गर्नमा गाजलु मात्र सफल छ ।
 
असार महिनामा पनि यो अवस्था दोहोरिन सक्ने अनुमान हुँदा केहि आशा गरेका फिल्म पनि प्रदर्शनको तरखरमा छन् । असार महिना निर्माताको लागी फलदायी बनोस्, विजनेस समिक्षामा धेरै फिल्म चलेको लेख्न पाईयोस् कामना छ ।