मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा 'लुकामारी' प्रिमियर, सौगात र कर्माको तारिफ (फोटो फिचर)

बैकुण्ठ पराजुली, पोखरा, 2016/06/23

 

शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'लुकामारी'को पर्यटकिय नगरी पोखरामा प्रिमियर सम्पन्न भएको छ । प्रायः नेपाली फिल्मको प्रिमियर  माहोल राजधानीमा मात्रै हुँदै आएको समयमा पोखरामा धेरैपछि कुनै पनि फिल्मको प्रिमियर भयो । 
 
 
 
क्राईम कमेडी थ्रिलर जनराको 'लुकामारी' प्रिमियरमा उपस्थित हुन मुख्य अभिनेता सौगात मल्ल, अभिनेत्री सुवरिना कार्की, कर्मा शाक्य, विक्रम सिंह, जेबी डिसी सहित निर्माण टिम सदस्यहरु पोखरा पुगेका थिए । 
 
 
भने श्रीराम दाहाल निर्देशित फिल्मको प्रिमयरको लागी राजधानीबाट मिडिया संयोजक विजय सुवेदी आवाजको नेतृत्वमा २१ जना पत्रकारको टोली पोखरा पुगेको थियो । अर्की लिड अभिनेत्री रिस्ता बस्नेत भने नेपाल बाहिर भएको कारण प्रिमियरमा सामेल भईनन् । 
 
 
राजधानी बाहिरको पहिलो मल्टिप्लेक्स हल पोखरा सिनेप्लेक्समा भएको प्रिमियरमा फिल्मकर्मीहरुको सहभागीता कमै भएपनि माहोल पोखरेली कलाकर्मी अनि दर्शक शुभचिन्तकहरुले तताए ।
 
 
धेरै सेलिब्रेटी उपस्थित नहुँदाको फाईदा कर्मा, सुरविना र सौगातलाई मिल्यो । यी तीन जनासँग सेल्फि खिच्न र तश्विर खिच्न दर्सकले तछाडमघाड गरेका थिए  । फिल्म हेरिसकेपछि पोखरेली दर्शकले दिएको प्रतिक्रियाले निर्माण टिम उत्साहित देखियो । 
 
 
कमेडी, सस्पेन्स अनि थ्रिलर 'लुकामारी'बाट तारिफका पात्र बने भर्स्टाईल अभिनेता सौगात । उनी समावेश हरेकजसो फिल्ममा दर्शक होल्ड गर्ने सामर्थ्य राख्ने सौगातको भुमिकालाई पोखरेली दर्शकले मन पराए, प्रिमियरको माहोल फिल्म हेर्दा समय समयमा ताली र सिठ्ठी बज्यो । 
 
मधेशी मुलको युवाको भुमिकामा देखिएका सौगातले आफ्नो पात्रलाई न्याय गरेका छन् भने रिस्ता कर्मा र सुरविनाको कामले पनि प्रशंसा पाएको छ । 
 
निर्देशक दाहालले प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित भएको भन्दै यो प्रकारको 'वर्ड अथ माउथ' सार्वजनिक प्रदर्शनमा आएपछि पनि पाउने आशा व्यक्त गरे । फिल्मलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।