Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

यी वलिउड स्टार जसको हातमा छैनन कुनै फिल्म

एजेन्सी, मुम्बई, 2016/06/21
सधैंजसो पर्दामा छाईरहने सेलिब्रेटीहरु कुनै समय खाली हात हुन्छन् । यस्तै भएको छ वलिउडका केहि केहि चर्चित अनुहारहरुको पनि । जसको हातमा अहिले कुनै फिल्म छैनन्, सुख्खा छन् । 
 
अल ईज वेलको फ्लप विजनेसपछि हेप्पि न्यु ईयर गरेका तथा दुई हप्ता पहिले रिलिज 'हाउसफुल ३'  पछि अहिले अभिषेक बच्चनको हातमा कुनै फिल्म छैन् । नयाँ फिल्मको लागी निर्माता निर्देशक उनकोमा पुगेका छैनन् ।
 
 त्यस्तै उनकी पत्नि ऐश्वर्या बच्चनको हातमा पनि अहिले फिल्म छैनन् । जज्बा र सरवजित असफल भएपछि निर्देशकले उनलाई खोजेका छैनन् ।
 
उता गत महिना वैवाहिक सम्बन्धमा गाँसिएका विपासा वसु र करण सिंहको हातमा पनि फिल्म छैन् । डेटिङ मै मस्त छन् । रंगुनको सुटिङ सकाएपछि सैफ अलि खानको हातमा पनि फिल्म छैनन् । उनका पछिल्ला पाँच फिल्म फ्लप बने । 
 
यस्तै पुरानी स्टार माधुरी दिक्षित पनि खाली हात छिन् । उनी फिल्म भन्दा पनि निर्णायक बन्दै स्टेज कार्यक्रममा व्यस्त छिन् ।
Most Visited News (monthly)