बर्ष २०७३ को प्रतिच्छिुत मध्येको एक फिल्म 'चपली हाईट २' को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक टिजरमा कलाकारहरु सिधा प्रस्तुत छैनन् । फिल्मको सार्वजनिक पहिलो भिडियो सामग्रीमा चपली हाईट मार्गमा दुई कार पासिङ भएको मात्र दृश्य समावेश छ ।
दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलर भने असार १६ मा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको श्रोत बताउँछ । अहिले पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई भदौ ३ मा रिलिज गरिने यसअघि नै घोषणा गरिसकिएको छ ।
आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोखरेल लिड रोलमा रहेको फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् ।

