Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

तिमीलाई पाउँ भन्दै प्रेमगीत हिरोको नाममा लेडिज फ्यानले खोपिन ट्याटु

फिल्मीखबर, काठमाडौं, 2016/06/20
प्रेमगीत हिरो प्रदिप खड्का, एउटै फिल्मले समग्र फिल्म उद्योगको लागी संभावना लिएर उदाएको मान्छे । 'प्रेमगीत' फिल्म पनि चल्यो । फिल्मबाट उनको कामको राम्रो तरिफ भयो चौतर्फी वाहि वाहि पाए । फ्यान फ्लोईङ पनि राम्रो बटुले । 
 
 
देश तथा विदेशमा सम्पन्न फिल्मको प्रदर्शनीमा पुग्दा धेरै महिला फ्यानहरुले उनको नाममा सपनाको राजकुमार लेखेर फेसबुकका भित्तामा फोटो टाँसे पनि । अब कुरा सेल्फी र तश्विरमा सिमित रहेन्, प्रदिपको नाममा एक महिला फ्यानले हातमा ट्याटु खोपेकी छिन् । 
 
 
शिल्पा घ्याचो तामाङ नामकी प्रदिपकी डायहार्ट फ्यानले प्रदिपको नाममा हातमा खोपेको ट्याटु सहितको तश्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै 'तिमीलाई चाहनेहरु धेरै भएको र त्यसभित्र म पनि हुँ लेखेकि छिन् । उनको स्टाटसमा प्रदिपलाई र प्रदिपको कामलाई माया गर्छु भन्दै हृदयको भित्रीकुनादेखि माया दर्शाएको उल्लेख छ । 
 
त्यसो त वलिउड हलिउडमा सेलिब्रेटीको नाममा ट्याटु खोप्ने कुरा पुरानो भए पनि नेपालमा भने यो प्रकारको सद्भाव फ्यानहरुबाट दर्शिएको खासै भेटिन्न । वलिउडमा सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, जोहन अब्राहम लगायतका सेलिब्रेटिको नाममा धेरै महिला ता पुरुष फ्यानहरुले ट्याटु खोपेको समाचार आईरहन्छ ।
 
यो विषयमा नेपाली परिवेशलाई हेर्दा प्रदिप भाग्यमानी कहलिएका त छन् नै एउटै फिल्मबाट पाएको माया सद्भाव र फ्यान फलोईङले पाईला अगाडी बढाउन उनलाई थप हौसला समेत दिएको छ ।
 
अहिले 'प्रेमगीत २' को तयारीमा जुट्दै गरेका प्रदिपले यो विषयमा बुझ्दा माया र साथको लागी धन्यवाद भन्दै फ्यानहरुको अनि सुभचिन्तकहरुको साथ नै आफ्नो गन्तव्यको सहयात्री रहने बोले । 
 
Most Visited News (monthly)