Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिरियो 'लुकामारी'को घिन्ताङ घिसीट्वाक !

फिल्मीखबर, काठमाडौं, 2016/06/19
यहि असार १० बाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'लुकामारी'को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक 'घिन्ताङ घिसिट्वाक' बोलको कमेडी फ्लेभरको गीतमा स्वर अभिनेता कर्माले दिएका छन् ।
 
 
प्रदर्शनको एक हप्ता अघि निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीतमा शब्द तथा संगीत विकास सिलवालको छ । कमेडी फिल्म सौगात मल्ल र कर्माको केहि फरक अबतारका कारण चर्चामा छ ।  सार्वजनिक गीतमा फिल्म भित्रका केहि प्लटहरुलाई स्थान दिईएको छ ।
 
श्रीराम दाहाल निर्देशित फिल्ममा सुरविना कार्की, रिस्ता बस्नेत, विक्रमसिंग थारु लगायत मुख्य अभिनयमा छन् । फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।
Most Visited News (monthly)