Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अन्ततः ईन्टरनेट सञ्जालमा आयो 'प्रेमगीत' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/17
बर्ष २०७२ मा दर्शकको मन जितेको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' युट्युवमा आएको छ । नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको फिल्म अन्ततः अफिसियल रुपमै युट्युवमा आएको हो । 
 
भिसिडी तथा ईन्टरनेट प्रदर्शन अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले शुक्रबार दिउँसो 'प्रेमगीत'लाई विश्ववव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो ।  पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिएपनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका तर्फबाट ओम अग्रवालले दाबी गरे । 
 
नेपालसँगै दर्जनबढि देशमा प्रदर्शन आएको फिल्मले सांगितिक रुममा छुट्टै छाप छोडेको थियो । आशुसेन फिल्मस् प्राली को प्रस्तुती तथा सन्तोष सेनको निर्माणमा बनेको फिल्मबाट अभिनेता प्रदिप खड्का नेपाली फिल्म उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा उदाएका थिए । भने अभिनेत्री पूजा शर्माले पनि कामबाट राम्रै प्रशंसा पाईन् ।
 
नेपाल तथा विदेश प्रदर्शनबाट फिल्मले लगानी रिकभर गर्दै नाफाको विजनेस गरकेो निर्माता सेनले फिल्मीखबरलाई बताए । निर्माता सेन अहिले 'प्रेमगीत'को सिक्वेल निर्माणमा जुटेका छन् ।
 
हेर्नुहोस पुरा फिल्मः
 
Most Visited News (monthly)